जनयुद्धको सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ : प्रचण्ड

२०८२ माघ ५, सोमबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व पुगेका प्रचण्डले जनयुद्धको सहयोद्धा र जनयुद्धको आधारभूमिलाई सम्झेर यहीँ आएको प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ। म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार