सिमेन्ट उद्योगमा कार्यरत एक मजदूरको मृत्यु, एक घाइते

२०८२ माघ ५, सोमबार

दाङ : लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शङ्कर चौधरी रहेका छन् । उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुईजना पुरिएका थिए ।

दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दको उपचारका क्रममा मृत्यु भएको र घाइतेको सोही अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार