काठमाडौँ : टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्ड विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले ईंग्ल्यान्डका टम बान्टनलाई आउट पार्दै तेस्रो सफलता दिलाएका हुन् । उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिए ।
ताजा स्थितीमा इंग्ल्यान्डले ६.३ ओभरमा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।









