काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नै पाँचौँ विकेट दिलाएका छन् ।
इंग्ल्यान्डको चौथो विकेट पनि दीपेन्द्रले नै लिएका थिए । आइतबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १५.३ ओभरमा साम करनलाई गुमाएको हो । ऐरीले करनलाई बोल्ड गरे ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीच यो पहिलो खेल हो ।









