काठमाडौं : डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि भएको पार्टी प्रवेश कार्यक्रममा उनी कांग्रेस फर्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका राणालाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका थिए । राणाले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएको बताए ।
‘एउटा फुटबल खेलाडी कहिलेकाहीँ लोनमा अर्कौ क्लबमा खेल्न जान्छ, केही कुरा सिकेर आउँछ । म त्यसरी नै आफ्नो घरबाट केही समय बाहिर गएँ, राजनीतिक अभ्यास गरेँ। सिकेँ आएँ र म अब नेपाली कांग्रेसलाई अझ पहिलाभन्दा बढी योगदान दिएर अझ दरिलो रूपले अगाडि बढाउने प्रयास गर्दछु प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।










