आईसीसी टी-२० विश्वकप : श्रीलंका जिम्बाबेसँग पराजित

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं : जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी-२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

कोलोम्बोमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएर शानदार जित हात पार्‍यो । दुवै टोली यसअघि नै सुपर–८ मा पुगिसकेका भए पनि यो खेलले आगामी चरणअघि लय समात्ने अवसर दिएको थियो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । पथुम निसांका उत्कृष्ट लयलाई निरन्तरता दिँदै ६२ रन बनाए भने पवन रत्नायकेले २५ बलमा ४४ रनको महत्वपूर्ण योगदान दिए । जिम्बाब्वेका ग्रेम क्रेमर नेतृत्वको स्पिन आक्रमणले मध्य ओभरमा श्रीलंकालाई नियन्त्रणमा राखेको थियो ।

जवाफमा जिम्बाब्वेले आक्रामक सुरुआत गर्‍यो । ब्रायन बेनेट र तादिवानाशे मरुमानीले पावरप्लेमा राम्रो साझेदारी गरे । मरुमानी आउट भए पनि बेनेटले निरन्तर आक्रामक खेल प्रदर्शन गर्दै अविजित ६३ रन बनाए, जुन उनको लगातार दोस्रो अर्धशतक हो ।

खेलको निर्णायक क्षणमा सिकन्दर रजाले २६ बलमा ४५ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको दिशा बदले । उनले महत्वपूर्ण छक्का प्रहार गर्दै श्रीलंकामाथि दबाब बढाए । अन्तिम ओभरमा ८ रन आवश्यक हुँदा टोनी मुन्योङ्गाले छक्का प्रहार गरेपछि बेनेटले विजयी चौका प्रहार गर्दै जित सुनिश्चित गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार