दमौली : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले फराकिलो मतान्तर कायम गरेका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले १५ हजार दुई सय पाँच मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले पाँच हजार सात सय ४५, नेकपा (एमाले) का भगवती न्यौपानेले दुई हजार चार सय आठ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले एक हजार सात सय ४१ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको छ ।रासस









