काठमाडौँ : इराकमा दुई नेपाली श्रमिकको मृत्यु भएको छ । इराकको कुर्दिस्तानमा दुई नेपाली श्रमिकको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार उपचारका क्रममा एक पुरुषको अर्बिलस्थित जुमुरी अस्पतालमा र अर्की एक महिलाको आफ्नै कोठामा मृतावस्थामा भेटिएको हो ।
मृतक पुरुष लमजुङ पाचोक दोर्दी–५ का लेखमान घले र महिला गोरखा धावा–३, तान्द्राङकी रिता भुजेल हुन् ।
सुलेमानीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रिता १० वर्षदेखि त्यहाँ कार्यरत थिइन् । उनको मृत्युको कारण भने खुलिसकेको छैन ।
पुरुष अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।










