अठार वर्षदेखि जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

२०८३ बैशाख १, मंगलवार

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको विसं २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका-२ अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए ।

रानालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो । पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार