काठमाडौं : इनड्राइभले नयाँ वर्ष ०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ ।
यस क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिस यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन् “हामी प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिन्छौँ । ‘राइड मोर, विन मोर’ क्याम्पेनमार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौँ र अझ धेरै मानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौँ । जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ ।”
खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले भने, “इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदै छौँ । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ ।”
यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेता इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।










