काठमाडाैं : टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले आफ्ना ग्राहकहरूको गाडीधनी अनुभवलाई थप उत्कृष्ट बनाउने उद्देश्यले देशव्यापी ‘समर चेक-अप क्याम्प’ को घोषणा गरेको छ।
यो अभियान भारतभर अप्रिल ९ देखि सुरू भइसकेकाे छ, भने अप्रिल २८ तारिखसम्म टाटा मोटर्सका सबै आधिकारिक वर्कसपहरूमा सञ्चालन हुनेछ। गर्मी मौसमको सुरुवातसँगै उच्च तापक्रममा पनि गाडीको कार्यक्षमता, विश्वसनीयता र आरामलाई सुनिश्चित गर्न यो पहल सुरु गरिएको हो।
यस अन्तर्गत ग्राहकहरूले आफ्नो गाडीको नि:शुल्क र विस्तृत स्वास्थ्य जाँच गराउन सक्नेछन्। यसमा ३०-बुँदे निरीक्षण समावेश छ, जसले एयर कन्डिसनर (एसी), ब्याट्री, टायर र एलाइनमेन्ट, इन्जिन आयल र कुलेन्टको अवस्था, विद्युतीय प्रणाली, सीएनजी प्रणाली र ईभी (विद्युतीय सवारी) का विशेष डाइग्नोस्टिक्स कभर गर्नेछ।
यस क्याम्पमा ग्राहकहरूले विस्तारित वारेन्टी, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र एसेसरीजहरूमा विशेष छुट प्राप्त गर्नेछन्। विस्तारित वारेन्टीमा १०% फ्ल्याट डिस्काउन्ट, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १०% सम्मको छुट र टाटा मोटर्स जेन्युन एसेसरीजमा १५% फ्ल्याट डिस्काउन्ट उपलब्ध गराइएको छ। साथै, विस्तारित वारेन्टी र एएमसी प्याकेजहरूका लागि सहज ईएमआईको सुविधा पनि दिइएको छ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले आफ्ना यस्ता नियमित पहलहरू मार्फत ‘ग्राहक-प्रथम’ धारणालाई थप बलियो बनाउँदै आएको छ। कम्पनीले ग्राहकहरूलाई आफ्नो नजिकैको आधिकारिक वर्कसपमा गई यस समर चेक-अप क्याम्पको फाइदा उठाउन प्रोत्साहन गरेको छ।










