एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

२०८३ बैशाख ६, आईतवार

काठमाडौं : एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

निष्काशन गर्न अनुमति पाएको कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि निष्काशन गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार