राजस्थान रोयल्स १५ हजार ६६० करोडमा बिक्री

२०८३ बैशाख २१, सोमबार

काठमाडौं : आइईपीएल फ्रान्चाइज राजस्थान रोयल्सलाई लक्ष्मी मित्तल र विश्वका नम्बर एक स्टील टाइकुन आदित्य मित्तलले अधिग्रहण गरेका छन् ।

सेरम इन्स्टिच्युटका मालिक आदर पुनावाला पनि एक साझेदार हुन् ।सम्झौताको अनुमानित उद्यम मूल्य लगभग अमेरिकी डलर १.६५ बिलियन  अर्थात् १५ हजार ६६० करोड हुने अनुमान गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो आईपीएल इतिहासको दोस्रो सबैभन्दा ठूलो सम्झौता हो ।

सम्झौता पूरा भएपछि मित्तल परिवारले राजस्थान रोयल्सको लगभग ७५ प्रतिशत स्वामित्व पाउनेछ, जबकि आदर पुनावाला लगभग १८ प्रतिशतसँग साझेदार रहनेछन् । बाँकी ७ प्रतिशत मनोज बडाले र अन्य अवस्थित लगानीकर्ताहरूको हुनेछ ।

राजस्थान रोयल्स अब केवल आईपीएल टोलीमा मात्र सीमित छैन, तर विश्वव्यापी क्रिकेट ब्रान्ड बनेको छ । सम्झौतामा आईपीएल टोली मात्र होइन तर राजस्थान रोयल्सको स्वामित्वमा रहेको दक्षिण अफ्रिकी पार्ल रोयल्स र क्यारिबियन लिगको बार्बाडोस रोयल्स पनि समावेश छन् ।

यद्यपि, यो सम्झौता अझै पनि नियामक स्वीकृतिको अधीनमा छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई), आईपीएल गभर्निङ काउन्सिल र अन्य सम्बन्धित निकायहरूको स्वीकृतिपछि मात्र यसलाई अन्तिम रूप दिइनेछ । सबै प्रक्रियाहरू पूरा भएपछि सेप्टेम्बर २०२६ सम्ममा सम्झौता पूरा हुन सक्ने अनुमान गरिएको समाचारमा उल्लेख छ ।

नयाँ स्वामित्व संरचनामा लक्ष्मी एन. मित्तल, आदित्य मित्तल, वनिशा मित्तल-भाटिया, अदार पुनावाला र मनोज बडाले बोर्डमा समावेश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार