फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक

२०८३ बैशाख २६, शनिबार

काठमाडौँ : फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक गरिएको छ । लोकलयमा तयार गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर, सुष्मा सिग्देलको शब्द र प्रशान्त शिवाकोटीको संगीत छ ।

प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन् । गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ । युवतीलाई फकाउन युवकले गर्ने प्रयास तथा युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनिती गीतमा सुन्न सकिन्छ । लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ ।

विनोद न्यौपाने र जुना विश्वकर्मा लगायतको अभिनय रहको गीतमा कोरियोग्राफी मौसम हिमालीको छ । विनोद पौडेलको निर्माण रहेको ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार