काठमाडौं : जेसीबी नेपालले नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने क्रममा पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा १२ वटा निर्माण उपकरण ग्राहकलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएका उपकरणहरूमा जेसीबीका चर्चित 3DX ब्याकहो लोडर तथा JCB 221 एक्स्काभेटर समावेश रहेका छन् । कम्पनीका अनुसार यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी कार्यसम्पादनका कारण नेपाली निर्माण बजारमा लोकप्रिय मानिन्छन् ।
जेसीबी नेपालले देशभर ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरमार्फत आफ्टर सेल्स सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले भरपर्दो सेवा सञ्जालका कारण प्रतिस्पर्धात्मक निर्माण उपकरण बजारमा आफ्नो अलग पहिचान कायम राख्न सफल भएको दाबी गरेको छ ।
कार्यक्रममा पश्चिम नेपालमा पूर्वाधार विकासमा सक्रिय ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले विश्वसनीय प्रविधि, न्यून सञ्चालन जोखिम र प्रभावकारी सेवा प्रणालीका कारण जेसीबी उपकरणप्रति आकर्षण बढ्दै गएको बताएका थिए ।
कार्यक्रममा बोल्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदी ले ग्राहकहरू अहिले लगानी प्रतिफल (ROI), दीर्घकालीन विश्वसनीयता तथा सेवा सुनिश्चिततामा बढी केन्द्रित हुँदै गएको बताए । उनले ग्राहकहरूको विश्वासले जेसीबीको कार्यसम्पादन र सेवा गुणस्तरलाई पुष्टि गरेको उल्लेख गरे ।
कार्यक्रममा लाइभ मेसिन प्रदर्शन तथा अन्तरक्रियात्मक ग्राहक सहभागिता सत्र समेत आयोजना गरिएको थियो । कम्पनीका अनुसार पश्चिम नेपालमा पूर्वाधार विकास तीव्र बन्दै गइरहेका बेला जेसीबी नेपालले क्षेत्रीय बजारमा नयाँ प्रतिस्पर्धात्मक मापदण्ड स्थापित गर्ने लक्ष्यसहित आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।








