कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको थापाको भनाइ

२०८३ जेष्ठ ४, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताएका छन् ।

काभ्रेको धुलिखेलमा शुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको दाबी गरे । उनले कांग्रेस जिम्मेवार शक्ति भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा आफूहरुमा नभएको स्पष्ट पारे । सभापति थापाले देश संविधानभन्दा दायाँ–बायाँ जाँदा कांग्रेसले सम्हाल्नुपर्नेमा जोड दिए ।

सरकार संविधानको ट्रयाकभन्दा बाहिर गए उसलाई सही ट्रयाकमा ल्याउने काम पनि कांग्रेसकै भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार