दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं : पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए । “संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ”, उनले भने ।

प्रसाईं सोमबार बिहान पर्साको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि सोमबार पर्सा आएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार