गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

२०८३ जेष्ठ ६, बुधबार

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार