काठमाडौं : पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि बिहीबार थप चार दिन म्याद थप्न पर्सा प्रहरीलाई अनुमति दिएको छ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीले जेठ ४ गते सोमबार राति प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो । यसअघि तीन म्याद थपिएको थियो।











