चलचित्र ‘लज्जावती’ साउन २९ गतेबाट प्रदर्शनमा आउने

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र  ‘लज्जावती’को छयांकन सकिएको छ ।

४५ दिनमा छायांकन सकिएको चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माणपक्षका अनुसार यो चलचित्र साउन २९ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्र ‘लज्जावती’को निर्मातामा कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया छन् । दिनेशराज बुढाथोकी कार्यकारी निर्माता हुन् ।

दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतमलगायतको अभिनय छ । सिनेमालाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार