कमल शिशिरको गीत ‘लाल्टिन बालेर’ सार्वजनिक

२०८३ जेष्ठ २०, बुधबार

काठमाडौँ : गुल्मी पुर्कोटका कमल शिशिरले लाल्टिन बालेर बोलको गीत सार्वजनिक गरेका छन् । शिशिरको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

वसन्त थापा र देवी घर्तीको स्वर रहेको गीतमा नन्दु परियारले सङ्गीत भरेका छन्। दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् । म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीको समूहले गरेको छ भने सुजन कोइरालाको सम्पादन रहेको छ।

गीतकार शिशिरले गीतमार्फत गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायको कथा भनेका छन् । रोधीमार्फत जोडिने प्रेम देखाउने र रैथाने लय जगेर्ना गर्ने उनले प्रयास गरेका छन्।

‘जतिबेला ग्रामीण क्षेत्रमा विद्युतीकरण भएको थिएन त्यो बेला हामीले दैनिक जीवनमा अँध्यारो हटाउन लालटिन, टुकी बाल्थ्यौँ अझै कतिपय ठाउँमा सल्लाको दियालो र राँको या मसाल बालेर काम चलाउँथ्यौँ। मूलतः गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायमा दिनभरको मेलापात सकेर साँझमा रोधी बस्ने चलन थियो। त्यसैलाई टिपेर मैले गीत बनाएको छु,’ गीतकार शिशिरले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार