लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु

२०८३ जेष्ठ २०, बुधबार

बेरुत : इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको छ । चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले साे आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेको छ ।

यसैबिच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमान लाई रोकेको बताएको छ । इजरायली अधिकारीहरूले हेजबुल्लाहले उत्तरमा इजरायली समुदायहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रीयामा इजरायी सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

उता लडाकु समुह हेजबुल्लाहले भने तत्काल उत्तरी इजरायलमा कुनै पनि आक्रमण गरेकोे दाबी गरेको छैन । इजरायली तथा लेबनानी कूटनीतिक अधिकारीहरुले गत मार्चमा सुरु गरेको युद्व– विराम वार्ताको चौथो चरणको वार्ताको रुपमा बुधबार वासिङ्टनमा प्रत्यक्ष वार्ता गर्ने तयारी गरिरहेको जनाइएको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले राजधानीको दक्षिणी क्षेत्रलाई उल्लेख गर्दै उक्त क्षेत्रको खलदेह सडकमा रहेको कारलाई लक्षित गरी इजरायलले आक्रमण गरेको रिपोर्ट गरेको छ । बेरुतलाई देशको दक्षिणी क्षेत्रसँग जोड्ने मुख्य राजमार्गमा रहेको घटना स्थलमा घाइतेको उद्धारको लागि एम्बुलेन्सहरु कुदिरहेको जनाइएको छ ।

एनएनएले बुधबार देशको दक्षिणका करिब २० स्थानमा आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दक्षिण लेबनानका धेरै गाउँका बासिन्दाहरूलाई त्यहाँ आक्रमण हुनुअघि खाली गर्न चेतावनी दिएको जनाइएको छ ।

दक्षिण लेबनानको टायरको एक चिकित्सा स्रोतलाई उल्लेख गर्दै एएफपीले बुधबार तटीय सहर नजिकैको अल–हाव्स क्षेत्रमा भएका दुई वटा इजरायली आक्रमणमा चार जना सिरियाली नागरिक र दुई जना प्यालेस्टिनी सहित छ जनाको मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार