बुटवल : लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी ले बुधबार बिहान सामूहिक रूपमा राजीनामा दिएका थिए।
मुख्यमन्त्री चेतनारायण आचार्य ले चारै जनाको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरे का अनुसार बिहान प्राप्त राजीनामा दिउँसो स्वीकृत गरिएको हो।








