मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंह भ्रष्टाचारमा दोषी ठहर

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : अदालतले मधेश प्रदेशका पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार (घुस र रिसवत) मुद्दामा दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद र जरिवानाको सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

अदालतले न्यूनतम कैद सजायले नै सजायको उद्देश्य पूरा हुने ठहर गर्दै बिगोअनुसार कैद र जरिवाना तोकेको जनाएको छ।

महोत्तरी–२ बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका सिंहलाई जेठ ४ गते नै दोषी ठहर गरिएको थियो भने बुधबार सजाय निर्धारण गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिका खातामा जम्मा भएको रकम सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाइएको थियो। त्यसपछि उक्त रकम सिंह र उनकी पत्नी सरिता कुमारी सिंहको संयुक्त खातामा जम्मा गराइएको अभियोग लगाइएको थियो।

अदालतले सिंहबाट ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गर्ने आदेश पनि दिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१९३० बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार