खाँदबारी-किमाथांका सडकमा कार्यरत मजदुरको मृत्यु

२०८३ जेष्ठ २१, बिहीबार

सङ्खुवासभा : सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथांका सडक खण्डमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम निवासी ६० वर्षीय छुथरुङ मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

मजदुर मुसहर खाँदबारी नगरपालिका–४ स्थित शर्मा एवं शिवशक्ति कम्पनीको ब्यारेकमा केही महिनादेखि बस्दै आएका थिए ।

बुधबार राति खाना खाएर सुतेका मजदुर मुसहर अचानक बिरामी परेका थिए ।

सुतेकै अवस्थामा अचानक खोकी लागेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनका छोरा शिव मुसहरले उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी पुर्‍याएका थिए ।

जिल्ला अस्पतालमा भर्ना भएका मजदुर मुसहरको बिहीबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी शर्मा एवं शिवशक्ति कम्पनीमा मजदुरी गर्दै आएका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मृतकको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार