काठमाडौँ : विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी र बाढी जन्य प्रकोपका कारण कम्तिमा ३०१ जनाको मृत्यु हुनुका साथै ३८५ जना घाइते भएको अधिकारीहरूले मङ्गलबार घोषणा गरेका छन् ।
विपतले पूर्वाधार विनाश गर्नुका साथै जीविकोपार्जनमा प्रभाव गरेको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् ।
लगभग दुई हजार घरहरू पूर्ण रूपमा क्षेतिग्रस्त भएको जनाउदै सात हजार १८७ घरहरु आंशिक क्षति भएको हम्मादले बताउनु भएको छ । उहाँका अनुसार बाढीले सडक तथा कृषि उत्पादन डुबानमा परी नष्ट भएको छ ।
बाढाीका कारण मुलुक भरी कुल १८ हजार ८१२ घर परिवारहरू प्रभावित भएको अधिकारीले बताएका छन् । रासस








