गोमा तामाङद्वारा रास्वपा परित्यागको घोषणा

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश सभापतिकी प्रत्यासी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन् ।

“आजदेखि राजनीतिबाट बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेकी छन् ।

कोसी प्रदेश अधिवेशनको पहिलो चरणको निर्वाचनमा तामाङले दोस्रो मत ल्याएकी छन् । प्रदेश सभापतिमा २८० मत ल्याएर चन्द्र तामाङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार