काठमाडौँ : वैदेशिक रोजगारीमा पठाउने भनी ३५ लाख ठगी गर्ने पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका अनुसार अमेरिका पठाउने भनी ३५ लाख रुपियाँ ठगी गर्ने रुकु कुमारी श्रेष्ठ पक्राउ परेका छन् । ४५ वर्षीया श्रेष्ठ स्थायी घर दोलखा शैलुङ गाउँपालिका वडा नं. २ भइ हाल भक्तपुर मध्यपुर थिमी वडा नं. ९ बस्दै आएका छन् ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विदेश पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनी सम्पर्कविहिन बनेका थिए । प्रहरीका अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।








