ढोरपाटन : जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो । अवैध रूपमा बालुवा उत्खनन् गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिपर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
उनका अनुसार ती सवारीसाधान बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सावारीसाधानलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिए ।
उनले भने, ‘सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन् गरी ओसारपसार गरिरहेका सवारीसाधानलाई नियन्त्रणमा लिएका छौँ । ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ । प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउँनासाथ नियन्त्रण लिन्छौँ ।’








