काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्याइएको हो। रथ जावलाखेल पुर्याएको चार दिनपछि परम्पराअनुसार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइन्छ । यस वर्ष असार ६ गते शनिबार राष्ट्र प्रमुखबाट भोटो देखाइने कार्यक्रम रहेको छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।








