रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेलाई सर्वाधिक मत

२०८३ असार ११, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार स्वर्णिम वाग्लेलाई सर्वाधिक मत प्राप्त भएको छ । वाग्लेले २ हजार ६०७ मत पाएका छन् ।

चितवनको भरतपुरमा जारी पहिलो महाधिवेशनमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यका निम्ति ३७९ जनाले उमेदवारी दिएका थिए । मतदान विद्युतीय भोटिङ मेसिनबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार