यो सरकार त्यति लामो जाँदैन : प्रचण्ड

२०८३ असार १५, सोमबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन्।

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारबारे विश्लेषण गरेका थिए। त्यस क्रममा उनले सरकारका कामकारबाही सही नभएको बताए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सरकारले ठीक ढंगले अघि नबढेको प्रचण्डको विश्लेषण थियो।

‘राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत छन्,’ प्रचण्डले भने, ‘त्यसैले वामपन्थी शक्ति र अरु लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्छ।’ उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने पनि दाबी गरे। ‘सरकार ठीक ढंगले गइरहेको छैन,’ प्रचण्डले भने, ‘यो सरकार त्यति लामो जाँदैन।’

केन्द्रीय कमिटीको भर्चुअल बैठकमा संयोजक प्रचण्डले ४५ मिनेट बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार