जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश

२०८३ असार १६, मंगलवार

काठमाडौं : जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो । निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १-१ को बराबरी थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।

पेनाल्टी प्रहारमा जर्मनी र पाराग्वेका समान दुई जनाले पेनाल्टी मिस गरेका थिए । जर्मनीका काई हार्भेज र निक वेटेमेडले गोल गर्न सकेनन् । यस्तै, पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिरा पनि पेनाल्टीमा चुकेका थिए ।

पेनाल्टी सुटमा पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुके । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेलमा जर्मनी पराजित हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार