उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू,शेयरधनीहरू,नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।
त्यसैगरी, कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ’ ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको छ।
नेपालका सबैजसो जिल्लामा फैलिएको १६० वटा शाखा तथा उपशाखा, देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताका साथै आईएमई लाइफ ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै निरन्तर अगाडि बढिरहेको छ ।



