काठमाडौँ : निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ ।
असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन् । वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्स का गोविन्द शाही र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन् ।
फिल्मका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन् । निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन् ।
चलचित्रमा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ ।





