उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ : कृषिमन्त्री

२०८३ असार १९, शुक्रबार

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन् । शुक्रबार रासससँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

‘चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ,’ उनले भनिन्, ‘यसवर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।’

किसानले जुन वर्ष क्रसिङ गरेको हो, त्यसै वर्ष भुक्तानी सुनिश्चित गर्ने पनि उनले बताइन् । ‘किसानको रकम भुक्तानी हाम्रो प्राथमिकता हो र यसका लागि हामीले सक्दो मिहिनेत गरेका छौं,’ उनले भनेकी छन् ।

मन्त्री चौधरीले किसानलाई दिइने अनुदान भुक्तानीमा उल्लेख्य प्रगति भएको  बताउँदै चालु आर्थिक वर्षको उखु क्रसिङ सम्पन्न भएपछि सरकारले अनुदान रकम समयमै निकासा गरी सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार