काठमाडौं : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदैछ। नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ।
सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ।
फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। मोरक्कोले अन्तिम १६ मा क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





