समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार सुरु

२०८३ असार २७, शनिबार

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबिच एक–आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले स्वागत मन्तव्य राख्दै मर्जरको आवश्यकता र औचित्यतामाथि प्रकाश पारे। कार्यक्रममा प्रमुख अतिथिद्वय रामु पौडेल तथा विश्रुत थापाले नियामक निकायले वित्तीय संस्थाहरूको यस प्रकारको कदममा सहयोग गर्ने र आगामी दिनमा समेत संस्थाहरूलाई उचित मार्गनिर्देशन दिने प्रतिबद्धता व्यक्त गरे।

संस्थाका अध्यक्ष अजयकुमार मिश्रले दुई संस्था मर्ज भई ठुलो भएको र अब सुदृढ एवं मजबुत संस्थागत सुशासन भएको बलियो वित्तीय संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार