६ सचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

२०८३ असार ३१, बुधबार

काठमाडौँ : सरकारले एकसाथ ६ जना सचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवाअनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी लाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डिल्लीराम शर्मा लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याल लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहने गरी सरुवा गरिएको छ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत लाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार