काठमाडौँ : आगामी १५औँ महाधिवेशनको कार्यतालिका, विधानको व्याख्या र आन्तरिक शक्ति सन्तुलनलाई लिएर नेपाली कांग्रेसभित्र आन्तरिक किचलो चुलिँदै गएका बेला पार्टीले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आगामी साउन २४ गते आइतबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबिच तीव्र ध्रुवीकरण बढिरहेको यो संवेदनशील मोडमा डाकिएको यो बैठकलाई केवल नियमित औपचारिक प्रक्रिया मात्र नभई कांग्रेसको भावी राजनीतिक दिशा तय गर्ने निर्णायक थलोका रूपमा हेरिएको छ।



