काठमाडौं : नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको १६औँ दिनसम्म देशभरबाट १३ करोड ५६ लाख ३५ हजार रुपैयाँ ग्रस (११ करोड ८५ लाख रुपैयाँ नेट) कमाइ गरेको छ।
यस अवधिमा फिल्मका ४ लाख ९२ हजार ६५० टिकट बिक्री भएका छन्। यो कमाइसँगै ‘गौंथली’ नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने सूचीमा १२औँ स्थानमा पुगेको छ। यही गति कायम रहे फिल्मले चाँडै ‘छक्कापञ्जा २’ को १४ करोड ५१ लाख रुपैयाँ ग्रस कमाइलाई उछिन्ने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकाभन्दा बाहिरका हलमा फिल्मको व्यापार अझ उत्साहजनक देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
+1
+1
+1
+1
+1



