पोल्यान्डले जित्यो भलिबल नेसन्स लिगको उपाधि

२०८३ श्रावण १८, सोमबार

काठमाडौं : साविक विजेता पोल्यान्डले अमेरिकालाई पाँच सेटको थ्रिलरमा ३-२ ले पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ ।

चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्यान्डले २-१ ले पछि परेको स्थितीमा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो । फाइनलमा पोल्यान्डले अमेरिकालाई २५-२१, २३-२५, २५-२७, २५-२३, १५-१० ले पराजित गरेको हो ।

सन् २०१९ देखि सुरु भएको भिएनएलमा पोल्यान्ड तीन पटक उपाधि जित्ने पहिलो टिम समेत बनेको छ । च्याम्पियन पोल्यान्डका टोमस फोर्नाल मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन् ।

पोल्यान्डले सन् २०२३ मा घरेलु मेदानमै भएको पाँचौ संस्करणको भिएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गत वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार