सरकार बनाउने र गिराउनेमै केन्द्रित हुनु गल्ती भयो : प्रचण्ड

२०८३ श्रावण १८, सोमबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् ।

सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।

‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भन्याजस्तो गरी चल्यौं गल्ती त्यही नै भयो,’ प्रचण्डले भने, ‘हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लियौं । हाम्रो वर्गसँग, मजदुर किसानसँग उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भयो । जीवन्त भएन ।’

केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि यस्तै प्रवृत्ति दोहोरिनु स्वभाविक भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार