सिमलतालमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२०८३ श्रावण २०, बुधबार

काठमाडौँ : चितवनको सिमलताल नजिकै लेदोसहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

बुधबार बिहान ७:०५ बजे उक्त सडक खण्डको सिमलताल नजिक (किलोमिटर २४+६५०) पहिरो खस्दा आवागमन दुईतर्फी नै बन्द भएको हो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि अहिले सडक डिभिजनको उपकरण परिचालन भइसकेको छ।

पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार