ह्वीलचेयर टेनिस खेलाडी तामाङलाई वाइल्ड कार्ड

२०८३ श्रावण २०, बुधबार

काठमाडौं : ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन् ।

राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जनाएका छन् । पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुने अध्यक्ष थापाले बताए ।

पारा एसियाली खेलकुद जापानमा अक्टोबर १८ तारिखदेखि सुरु   हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार