होर्मुजलाई लिएर ट्रम्पले दिए इरानलाई चेतावनी

२०८३ श्रावण २०, बुधबार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटी (स्ट्रेट अफ होर्मुज) तत्काल नखोले इरानमाथि ‘धेरै शक्तिशाली आक्रमण’ गरिने चेतावनी दिएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘होर्मुज जलघाँटी धेरै चाँडै खुल्नेछ, अन्यथा इरानमाथि अत्यन्तै शक्तिशाली आक्रमण हुनेछ।’

तेल ढुवानी पुनः सुरु हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको समयमा ट्रम्पको यो चेतावनी आएको हो।

यता अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले होर्मुज जलमार्गको दक्षिणी समुद्री मार्ग अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने सबै व्यापारिक जहाजका लागि खुला रहेको जनाएको छ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले इरानसँगको वार्तामा प्रगति भएको बताएका थिए।

उनीहरूले यसै सातादेखि तेल तथा अन्य वस्तुको समुद्री ढुवानी पुनः सुरु हुन सक्ने अपेक्षा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार