कारागारबाट फरार कैदी नेपाल–भारत सीमाबाट पक्राउ

२०८३ श्रावण २२, शुक्रबार

महेन्द्रनगर : कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागुऔषध खैरो हेरोइन मुद्दामा १० वर्ष तीन महिना कैद सजाय सुनाइएका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रकाउ गरिएको हो ।

जिल्ला अदालत कञ्चनपुरको २०८१ असोज १४ गतेको फैसला अनुसार कारागार चलान भएका शाहु गत वर्ष जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका थिए । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनलाई भीमदत्त नगरपालिका–११ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका शाहुलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार