काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ विजयी भएकी छन् ।
शुक्रबार चौतारामा भएको अधिवेशनमा गुरूङले १४९ मत पाउँदा कुमार श्रेष्ठ २०, कमला खड्का ६१, पासाङ तामाङले १३ र दिलराम श्रेष्ठले दुई मत पाए ।
अधिवेशनबाट उपसभापतिमा सरोजा श्रेष्ठ निर्वाचित भएकी छिन्। उनले १२३ मत प्राप्त गरिन्। अरू दुई उम्मेदवार निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए।



