सोलुखुम्बुमा चक्कुले घाँटी रेटी हत्या गर्ने पक्राउ

२०८३ श्रावण २४, आईतवार

काठमाडौँ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा प्रहरीले एकजना पक्राउ गरेको छ ।

अनुसन्धानक्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घटनामा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार