प्रधान सेनापति सिग्देलद्वारा त्रिशूली क्षेत्रको स्थलगत निरीक्षण

२०८३ भाद्र १८, बिहीबार

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बाढीबाट प्रभावित त्रिशूली क्षेत्र पुगेर संयुक्त रूपमा सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन्।

प्रधान सेनापति सिग्देलले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ बनाउन निर्देशन दिएका छन्।

उनले उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार